भान्सामा विषादी, प्रयोगविहीन प्रयोगशाला
nepalnews.com · Mon Jun 29 08:15:22 GMT 2026

सुर्खेत। बजारमा भित्रिएकामध्ये विभिन्न तरकारीमा अत्यधिक विषादी पाइएको समाचार नियमितजसो आइरहेको हुन्छ। विषादीयुक्त तरकारी खान बाध्य नागरिकलाई कृषि उपजको विषादी परीक्षणका लागि बनाइएको संरचना वर्षौंदेखि प्रयोगविहीन रहेको थाहा पाउँदा कस्तो लाग्ला? पक्कै पनि सरकारी अकर्मण्यताप्रति टीठ लाग्छ। कर्णाली प्रदेशमा यस्तै भएको छ।
६ वर्षअघि कर्णाली प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा तरकारीको विषादी परीक्षणका लागि प्रयोगशाला भवन निर्माण गर्यो। डेढ करोड रुपैयाँ खर्चेर बनाइएको आधुनिक भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्।
Read full story at source (nepalnews.com)