भीएनएलको उपाधिका लागि आज पोल्यान्ड र अमेरिका खेल्दै
ratopati.com · Sun Aug 02 08:17:30 GMT 2026
काठमाडौं । चीनको निङ्गबोमा जारी एफआईभीबी भलिबल नेसन्स लिग (भीएनएल) २०२६ को पुरुषतर्फको उपाधिका लागि आज साविक विजेता पोल्यान्ड र अमेरिका आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार सवा ५ बजे सुरु हुनेछ ।
पोल्यान्ड लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक भीएनएलको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिँदा अमेरिका भने पहिलो पटक च्याम्पियन बन्ने उद्देश्यका साथ फाइनल खेल्नेछ । अमेरिका यसअघि तीन पटक फाइनल पुगे पनि हरेक अवसरमा उपाधिबाट वञ्चित भएको थियो ।
Read full story at source (ratopati.com)