झरना र सुहाना अभिनीत ‘बा: एक योद्धा’को मर्मस्पर्शी गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक
himalpress.com · Sun Aug 02 08:18:35 GMT 2026

काठमाडौँ- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बास् एक योद्धा’को पहिलो गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ । जति नै माथि पुगे पनि जन्म दिने बुबाआमा र जन्मिएको माटो नबिर्सन गीतले अपिल गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू झरना थापा, दिव्यदेव पन्त र सुहाना थापा देखिएका छन् । दिव्यदेव र झरना श्रीमान्- श्रीमतीको भूमिकामा छन् भने सुहानाले विवाहित छोरीको भूमिकामा अभिनय गरेकी छन् । भिडियोका दृश्यमार्फत सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्याग दर्शाउन खोजिएको छ ।
Read full story at source (himalpress.com)