कांग्रेसमा नवीन संकल्पको वास्तविक परीक्षा
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
बीपी कोइरालाको स्मृति दिवस हरेक वर्ष मनाइन्छ । माला चढाइन्छ, विचारको चर्चा हुन्छ, परिवर्तनका प्रतिबद्धता दोहोरिन्छन् । यद्यपि एउटा प्रश्न वर्षौंदेखि अनुत्तरित छ त्यो हो बीपीलाई हामी सम्झिरहेका छौँ कि केवल कर्मकाण्ड पूरा गरिरहेका छौ ? अझ गम्भीर प्रश्न त यो हो कि बीपीको विचारले कांग्रेसलाई नेतृत्व गरिरहेको छ कि कांग्रेसले बीपीको नामलाई मात्र आफ्नो राजनीतिक वैधताको आधार बनाइरहेको छ ?
यदि बीपीको नाममा सभा गर्ने तर पार्टीभित्र लोकतान्त्रिक संस्कार कमजोर हुँदै जाने हो, यदि बीपीको समाजवादको चर्चा गर्ने तर जनताको पीडा राजनीतिक प्राथमिकतामा नपर्ने , यदि बीपीको आदर्शको प्रशंसा गर्ने तर निर्णयहरू सीमित शक्ति–केन्द्रको वरिपरि घुम्ने हो भने स्मृति दिवस केवल औपचारिक कर्मकाण्डमा सीमित हुनेछ। बीपी प्रतिको वास्तविक सम्मान व्यवहारले प्रमाणित हुनु पर्छ।
Read full story at source (hamrakura.com)