नर्सिङ पृष्ठभूमिकी स्वास्थ्य मन्त्री, अनसनरत रानाभाटको मागप्रति छैनन् गम्भीर
ratopati.com · Sun Aug 02 08:22:49 GMT 2026

काठमाडौँ । देशभर रजिष्टर्ड नर्स र मिडवाइफको सङ्ख्या एक लाख २८ हजार आठ सय ४० रहेको नेपाल नर्सिङ परिषद्को अद्यावधिक तथ्याङ्कमा उल्लेख छ । नर्स तथा मिडवाइफहरुले न्यूनतम ज्यालामा काम गरिरहेको, पर्याप्त बिदाविना श्रम गरिरहेको, श्रम शोषण भएको लगायतका १५ बुँदे माग अघि सार्दै नर्स ज्योति रानाभाट अनसन बसेको आज चौथो दिन हो ।
उनी गत साउन १४ गतेदेखि अनसनरत छिन् । नर्सिङ पृष्ठभूमिकै निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री छिन् । मेहताले नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर हस्पिटलमा काम गरिन् । तर, नर्सहरू आन्दोलित बनिरहँदा उनका मागप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य मन्त्री संवेदनशील नभएको नर्सिङ क्षेत्रका अधिकारीहरू बताउँछन् ।
Read full story at source (ratopati.com)