ब्रोड पीकको हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा परराष्ट्र मन्त्रालयले शोक जनायो
clickmandu.com · Sun Aug 02 08:27:22 GMT 2026

काठमाडौँ । साउन १४ गते पाकिस्तानस्थित ब्रोड पीकको आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीहरूको दुःखद निधन भएकोमा परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शोक प्रकट गरेको छ ।
विश्वको १२औं अग्लो हिमाल ब्रोड पीकको ६६ सय मिटरको उचाइमा (क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा) सो भयानक हिमपहिरो गएको हो । यस दुर्घटनाले विश्व पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको मन्त्रालयको भनाइ छ ।
Read full story at source (clickmandu.com)