चितवनमा तास खेलिरहेको अवस्थामा रास्वपाका कार्यकर्तासहित ११ जना पक्राउ
ratopati.com · Sun Aug 02 08:58:36 GMT 2026

काठमाडौँ । प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० बाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहुँ घर भएका कमलबहादुर न्यौपानेको सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् ।
जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा कँडेल चोक बस्ने वर्ष ४० का मनोज पौडेल सहितका आरोपीहरू छन् । पौडेल रास्वपाका चितवन जिल्ला कमिटी सदस्य हुन् ।
Read full story at source (ratopati.com)