चीनमा आकस्मिक बाढी : २५ जनाको मृत्यु
nepalnews.com · Sun Aug 02 09:16:30 GMT 2026

बेइजिङ। उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।
सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो। जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो।
Read full story at source (nepalnews.com)