जनकपुरमा ‘हिन्दू राष्ट्र’बारे के छलफल भएको हो ?
onlinekhabar.com · Sun Aug 02 09:15:09 GMT 2026

१७ साउन, जनकपुरधाम । सुनसरी घटनापछि मधेशमा चर्किएको आन्दोलनलाई मत्थर पार्न जनकपुर पुगेका गृहमन्त्री सुधन गुरूङ शनिबार र आइतबार संयुक्त हिन्दू मोर्चासँग वार्ता गरे । उक्त वार्तापछि आन्दोलनरत समूहले आजबाट आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्ने घोषणा गरेको छ । यता सरकारले पनि उनीहरूले राखेका माग पुरा गर्ने आश्वासन दिएको छ ।
दुई दिन भएका यी वार्ताका क्रममा हिन्दू मोर्चाले राखेका नेपाललाई हिन्दू राष्ट्र कामय गर्नुपर्ने भन्ने मागको सम्बन्धमा भने अहिले समाजिक सञ्चाल लगायतका बहस चलिरहेको छ । कतिपयले सरकार हिन्दू राष्ट्र कामय गर्ने विषयमा सरकारले सहमति गर्यो भन्दै आलोचना गरिरहेका छन् । कतिपयले भने यसको यथार्थ के हो भन्दै प्रश्न गरिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)