एमसीसीको १८ किमी लामो सीमापार प्रसारण लाइन सञ्चालनमा आउँदै
corporatenepal.com · Sun Aug 02 09:44:55 GMT 2026

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदान अन्तरगको नयाँ बुटवल–नेपाल भारत सीमापार प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । १८ किमी लामो उक्त प्रसारण लाइन अबको एक महिनामा सञ्चालनमा ल्याउने गरि मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले काम गरिरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन एमसीसी कै ४०० केभीको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारण लाइन बन्दैछ । यो नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड हो । भारत खण्डको निर्माण भने नेपाल भारतले संयुक्त लगानीमा गरेका छन् । नेपाल खण्डको निर्माण भने एमसीसी गर्दैछ ।
Read full story at source (corporatenepal.com)