एप्पलको 'सिरी' एआई प्रयोग गर्न शुल्क तिर्नुपर्ने, टिम कुकले सार्वजनिक गरे योजना
techpana.com · Sun Aug 02 09:47:09 GMT 2026

काठमाडौं । एप्पलले आफ्नो नयाँ संस्करणको ‘सिरी’ धेरै प्रयोग गर्ने प्रयोगकर्ताले भविष्यमा शुल्क तिर्नुपर्ने सङ्केत गरेको छ । एप्पलले आफ्नो नयाँ एआई सञ्चालित भ्वाइस असिस्टेन्ट ‘सिरी’ प्रयोग गर्न शुल्क लिने कुरा पहिलो पटक औपचारिक रूपमा पुष्टि गरेको हो ।
गत बिहीबार एप्पलको पछिल्लो त्रैमासिक वित्तीय नतिजाबारे जानकारी दिन आयोजित सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले सुधारिएको एआई सञ्चालित सिरी सञ्चालन गर्दा बढ्ने कम्प्युटिङ लागत कसरी व्यवस्थापन गर्ने भन्ने योजना कम्पनीले अझै तयार गरिरहेको बताएका छन् ।
Read full story at source (techpana.com)