रास्वपाका कार्यकर्ता हिन्दूवादी अभियन्ता हुन पाउँछन् : मनिष झा
onlinekhabar.com · Sun Aug 02 10:18:08 GMT 2026

१७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हिन्दूवादी अभियन्ता हुन पाउने बताएका छन् ।
आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दू सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् । हिन्दू सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजानिक भएपछि रास्वपाको आलोचना भएको थियो । सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताए ।
Read full story at source (onlinekhabar.com)