गण्डकीमा सरकार टिकाउने जिम्मा मुख्यमन्त्रीलाई
ratopati.com · Sun Aug 02 10:36:53 GMT 2026

पोखरा । केन्द्रमा एमाले र नेकपाबिच सत्ता साझेदारी गर्ने निर्णय भएसँगै प्रदेश तहमा पनि सरकार फेरबदलको असर देखिन थालेको छ ।
गण्डकी प्रदेशमा भने नयाँ समीकरण अनुसार सरकार बनाउन निकै सकस छ । त्यसो त, हालकै सरकारलाई निरन्तरता दिन पनि सांसद सङ्ख्या बाधक बनेको छ । प्रदेशको पहिलो दल नेपाली कांग्रेसले हाल सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पदमुक्त गर्न एमाले र नेकपा गठबन्धनलाई २ सिट अपुग हुन्छ । २२ सिट रहेको एमाले र ६ सिट (सभामुखबाहेक) रहेको नेकपालाई नयाँ सरकार बनाउन कम्तीमा राप्रपाको साथ आवश्यक पर्छ । तर, राप्रपाले हालसम्म आफ्नो धारणा स्पष्ट पारिसकेको छैन ।
Read full story at source (ratopati.com)