त्रिशूलीमा बगेका टिपर चालकको प्रहरीले गर्यो उद्धार
annapurnapost.com · Sun Aug 02 10:37:26 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेस्थित त्रिशूली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो करिब २ः१० बजे त्रिशूली नदीले एक जनालाई बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा ११ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले घटनास्थलबाट करिब ५०० मिटर तल महादेव खोल्सी नजिक त्रिशूली नदीको किनारबाट ती व्यक्तिको उद्धार गरेको हो । उद्धारपछि उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)