सरकारले राहत कोषबाट तत्काल ३५ अर्ब रुपैयाँ परिचालन गर्न सक्ने
ratopati.com · Thu Aug 27 14:15:00 GMT 2026

काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा ३५ अर्ब रुपैयाँ खर्च गर्न सक्ने गरी रकम जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रहेको रकम तथा विश्व बैंकले दिएको २५ अर्बसहित ३५ अर्ब रुपैयाँ सरकारले परिचालन गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा हुने क्रम सुरु भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार हालसम्म सानो–सानो रकममा सहयोग भएको छ । ठुला रकमको प्रतिवद्धता आइरहेका छन् ।
Read full story at source (ratopati.com)