क्षमताभन्दा बढी कैदी राखेपछि श्रीलङ्काको जेलमा दङ्गा, सेना परिचालन
nagariknews.nagariknetwork.com · Sun Aug 02 10:46:20 GMT 2026

क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)