नेपाल–चीन कूटनीतिक सम्बन्धको ७२ वर्षमा : उतारचढावबिच निरन्तर सहकार्य
ratopati.com · Sun Aug 02 11:05:44 GMT 2026

काठमाडौँ । नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको छ । सन् १९५५ अगस्ट १ मा दुई देशबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएको थियो । यस ७१ वर्षको अवधिमा नेपाल–चीन सम्बन्ध विभिन्न राजनीतिक उतारचढावबाट गुज्रिएको छ ।
राजा महेन्द्रको पालामा औपचारिक सम्बन्ध स्थापना भएयता राजदरबारसँग चीनको सम्बन्ध सुमधुर रहँदै आएको थियो । राजतन्त्रको समयमा जस्तो निकटता देशमा बहुदलीय व्यवस्था आएपछि उति देखिन सकेन । माओवादीले सञ्चालन गरेको सशस्त्र आन्दोलनलाई चीनले खासै मन पराएको थिएन; बरु आन्दोलन दबाउन चीनले दरबारलाई सहयोग गरेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख छ ।
Read full story at source (ratopati.com)