नयाँ नेतृत्वपछि नेपाल वायुसेवा निगमको आम्दानी र सिट उपयोगितामा सुधार
aarthiknews.com

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नयाँ नेतृत्व पाएसँगै व्यवस्थापकीय सुधार र सञ्चालन क्षमतामा सुधार देखिन थालेको जनाएको छ। निगमले कार्यसम्पादनमा जवाफदेहिता, व्यावसायिक व्यवस्थापन र स्रोतसाधनको प्रभावकारी उपयोगलाई प्राथमिकता दिएपछि आम्दानी, सिट उपयोगिता र सञ्चालन व्यवस्थापनका सूचकमा सुधार आएको दाबी गरेको छ।
निगमका अनुसार गत आर्थिक वर्षको असार महिनाको तुलनामा चालु आर्थिक वर्षको असारमा आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, विमानको सिट उपयोगिता (सिट अकुपेन्सी) समेत उल्लेख्य रूपमा बढेको निगमले जनाएको छ।
Read full story at source (aarthiknews.com)