असार १५: जुजु धौको माग उच्च
kendrabindu.com · Mon Jun 29 08:43:40 GMT 2026

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ । नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्छन् । स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि छ ।
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ । अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन् ।
Read full story at source (kendrabindu.com)