पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव फेला
ratopati.com · Sun Aug 02 11:21:54 GMT 2026
पाकिस्तान । उत्तरी पाकिस्तानमा यो साता आएको शक्तिशाली हिमपहिरोमा परी आफ्ना अन्य नौ जना टोली सदस्यहरूसँगै ज्यान गुमाएका विश्वविख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव उद्धारकर्ताहरूले फेला पारेका छन् । अल्पाइन क्लब अफ पाकिस्तानले आइतबार यसको पुष्टि गरेको हो ।
'स्थल उद्धार टोली ब्रोड पिकको लगभग ५,७०० मिटरको उचाइमा निम्स दाइसम्म पुगेको छ, एउटा यस्तो हिमाल जसलाई उहाँले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यही हिमालले आज उहाँलाई हामीबाट खोसेको छ,' अल्पाइन क्लबले सामाजिक सञ्जालमा लेखेको छ ।
Read full story at source (ratopati.com)