‘धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ’: कृषि सचिव मिश्र
kalakarmi.com · Mon Jun 29 08:40:55 GMT 2026

काठमाडौं – कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् ।
ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए । उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो ।’
Read full story at source (kalakarmi.com)