राष्ट्रिय धान दिवसमा उपसभामुख ठाकुर खेतमै, आफ्नै खेतमा गरिन् धान रोपाइँ
bishowkhabar.com · Mon Jun 29 08:43:16 GMT 2026

जनकपुरधाम- आज १५ असारका अवसरमा देशभर राष्ट्रिय धान दिवस धान रोपाइँ गरेर मनाइदै छ । यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुर पनि आफ्नै खेतमा पुगेर धान रोपाइँ गरेकी हुन्।
जनकपुरधामको मुजेलियास्थित आफ्नै खेतमा पुगेर उपसभामुख ठाकुरले धान रोप्दै राष्ट्रिय धान दिवस मनाएकी छन्। उपसभामुख बन्नुअघि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गर्थिन्। उनका बुबाआमा पनि किसान भएकाले कृषि पेशासँग उनको पारिवारिक सम्बन्ध रहेको छ।
Read full story at source (bishowkhabar.com)