बनेपादेखि काठमाडौँसम्म ‘कर्मा समूह’ को लुट आतङ्क
ratopati.com · Sun Aug 02 11:41:53 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ–१३ स्थित चुनिखेल गाम्चामा गएराति १० बजेर २५ मिनेटमा प्रहरीले गोली चलायो। जम्काभेट हुँदा लुटेराले खुकुरी देखाएर आक्रमण प्रयास गरेपछि लुटपाट तथा चोरीमा संलग्न गिरोहका नाइके कर्मा तामाङमाथि गोली चलाउनुपरेको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टरको नेतृत्वको टोलीले प्रहार गरेको गोली ३४ वर्षीय कर्माको खुट्टामा लागेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिलीप घिमिरेले दुई राउण्ड हवाई फायर गर्दा पनि प्रहरीमाथि आक्रमण गरेर भाग्ने प्रयास गरेपछि पक्राउ गर्न गोली चलाउनुपरेको बताए।
Read full story at source (ratopati.com)