ब्रड पीक उद्धार अपडेट: निम्स दाइ रहेको स्थानमा थप तीन शव फेला
kalakarmi.com · Sun Aug 02 11:44:46 GMT 2026

काठमाडौं- ब्रड पीकमा परिचालित स्थल उद्धार टोली करिब ५,७०० मिटरको उचाइमा प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)रहेको स्थानमा पुगेको छ ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले सोही स्थानमा थप तीन वटा शव पनि फेला पारेको छ, तर तिनको पहिचान अझै पुष्टि हुन बाँकी छ । काठमाडौंबाट पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको स्कर्दु पुगेका वरिष्ठ नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत अत्यन्त कठिन परिस्थितिमा शव उद्धार अभियान सञ्चालन भइरहेको र सम्पूर्ण टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताएका छन् ।
Read full story at source (kalakarmi.com)