एक वर्षमा वायुसेवा निगमले उडायो ४९ हजार यात्रु, ३ वर्षमा ऋणमुक्त हुने लक्ष्य
ratopati.com · Sun Aug 02 11:51:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा झन्डै ५० हजार यात्रुलाई सेवा दिएको छ । निगमकी प्रवक्ता तथा कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभरिमा निगमले २९४ उडानमार्फत ४९ हजार ४ सय ६० यात्रुलाई गन्तव्यमा पुर्याएको छ। पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा जहाजको सिट उपयोगिता (अकुपेन्सी) दर पनि ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशत पुगेको निगमले जनाएको छ । आम्दानीतर्फ पनि निगमले छोटो समयमै छलाङ मारेको छ। अघिल्लो वर्षको असार महिनामा १ अर्ब ५७ लाख रुपैयाँ आम्दानी गरेको निगमले यस वर्षको असारमा करिब ३२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ पुर्याएको जनाएको छ ।
Read full story at source (ratopati.com)