स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
corporatenepal.com · Sun Aug 02 11:51:12 GMT 2026

वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका–२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो ।
Read full story at source (corporatenepal.com)