अन्तर्राष्ट्रिय कल बाइपासको आरोपमा भक्तपुरबाट चार जना पक्राउ
lokaantar.com

नेपाल प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा गोरखाका प्रोशेस गुरुङ, काठमाडौंकी मुना श्रेष्ठ, कञ्चनपुरका जेनित झुकाल र भक्तपुरका कृष्ण नगरकोटी रहेका छन्। उनीहरूलाई भीओआईपी सञ्चालनका लागि प्रयोग हुने उपकरण र त्यससँग सम्बन्धित सामग्रीसहित पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
Read full story at source (lokaantar.com)