लेटाङमा पहिलो मानवविहीन सबस्टेसन
gorkhapatraonline.com · Fri Jun 26 00:45:17 GMT 2026

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक स्वचालित प्रकृतिको मानवविहीन सबस्टेसन तयार गरी सञ्चालनमा ल्याएको छ । ३३/११ केभी तथा आठ एमभिए क्षमताका लेटाङ सबस्टेसन अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर अन्तर्गत निर्माण गरिएको उक्त सबस्टेसन सञ्चालनसँगै वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ आयाम थपिएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार अटोरिक्लोजर प्रविधिले वितरण प्रणालीमा उत्पन्न हुने प्राविधिक समस्या आफैँ पहिचान गरी समाधानको प्रयास गर्छ ।
Read full story at source (gorkhapatraonline.com)