नेकपा : तीन प्रदेशकाे भेला स्थगित
baahrakhari.com · Sun Aug 02 12:37:59 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाम एकताको पहल स्वरुप सातै प्रदेशमा गर्ने भनिएको बृहत् प्रदेश भेला स्थगित भएको छ । सुनसरीको कप्तानगन्ज घटनाका कारण कोसी, मधेस र लुम्बिनीका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिष्ठानले कोसीमा आइतबार (साउन १७) कार्यक्रम आयोजना गर्ने मिति तय गरेको थियो । मधेस प्रदेशमा साउन १९ गते र लुम्बिनीमा साउन २३ गते आयोजनाका लागि तय कार्यक्रम स्थगित भएको उनले बताए । साउन २७ गते सुदूपश्चिमको धनगढीमा आयोजना गरिने कार्यक्रम र साउन ३० गते कर्णालीमा गर्ने भनिएको कार्यक्रम भने यथावत् रहेको नेता खतिवडाको भनाइ छ ।
Read full story at source (baahrakhari.com)