लन्डनको प्रतिष्ठित मेफेयरमा नेपाली उद्यमी समीर खनालद्वारा ‘रोजवुड फार्मेसी’, युएई शाही परिवारका सदस्यद्वारा उद्घाटन
arthadabali.com · Sun Aug 02 12:54:56 GMT 2026

काठमाडौँ / नेपाली उद्यमी समीर खनालले बेलायतको राजधानी लन्डनस्थित प्रतिष्ठित मेफेयर क्षेत्रमा रोजवुड फार्मेसी (Rosewood Pharmacy) सञ्चालनमा ल्याएका छन्। फार्मेसीको उद्घाटन युएईको शाही परिवारका सदस्य शेख फैसल बिन खालिद अल कासिमीले एक विशेष समारोहबीच गरेका हुन्।
लामो समयदेखि बेलायतमा उद्योग तथा व्यवसाय गर्दै आएका खनालले मेफेयरजस्तो विश्वकै प्रतिष्ठित व्यावसायिक क्षेत्रमा आफ्नै स्वामित्वको सम्पत्तिमा फार्मेसी स्थापना गरेका हुन्। मेफेयर लक्जरी किनमेल, पाँचतारे होटल, उत्कृष्ट रेस्टुरेन्ट, ऐतिहासिक जर्जियाली वास्तुकला तथा हाइड पार्कका कारण विश्वकै चर्चित व्यावसायिक गन्तव्यमध्ये एक मानिन्छ।
Read full story at source (arthadabali.com)