व्यवहारिक मनोविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
swasthyakhabar.com · Sun Aug 02 13:05:59 GMT 2026

काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजले व्यवहारिक मनोविज्ञानका विविध विधाहरूमा केन्द्रित भई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले मनोविज्ञान तथा मनोसामाजिक क्षेत्रमा व्यापक कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। सोही आवश्यकतालाई सम्बोधन गर्न बृहत् छलफल र अन्तरक्रियाका लागि अगस्ट ६ देखि ८ सम्म (तीन दिने) अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिए।
Read full story at source (swasthyakhabar.com)