धर्मको मर्म : सम्प्रदाय, कट्टरता र द्वन्द्वभन्दा माथि
nepalpress.com · Sun Aug 02 13:40:10 GMT 2026

सनातन संस्कृतिका अनुयायीहरू त्रिदेव–ब्रह्मा, विष्णु, महेशलाई क्रमशः सृष्टि, स्थिति र लयको शक्तिका रूपमा मान्दछन् । यसलाई यसरी थप स्पष्ट पार्न सकिन्छ–ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता र महेश संहारकर्ता । यहाँ संहारकर्ता भन्नाले महेशको काम खोजीखोजी नष्ट गर्नु मात्र भनेर बुझ्ने छुट छैन । बरु यसलाई सृष्टिको कुनै पनि वस्तु जस्ताको तस्तै रहँदैन, त्यो सोही रूपमा रहँदैन । उही रूपमा नदेखिने हुँदा नष्ट भएको लाग्छ । तर, प्रत्येक वस्तुको रूपान्तरण हुन्छ । यस प्रकारको प्राकृतिक शक्तिको सारको सम्बोधन महेश, शिव, शङ्कर, महादेवका रूपमा गरिन्छ ।
त्रिदेवजस्तै त्रिदेवी–महासरस्वती, महालक्ष्मी र महाकाली छन् । जम्माजम्मीमा सृष्टि, स्थिति र लयलाई दैवी शक्तिसँग जोड्ने यो दृष्टिकोण गम्भीर छ । तर, यो दृष्टिकोणमा विश्वास गर्नेहरू ‘हिन्दु’को पहिचानमा छन् ।
Read full story at source (nepalpress.com)