‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा
ratopati.com · Sun Aug 02 13:57:39 GMT 2026

चितवन । हिमपहिरोमा परेर निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उहाँको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गर्नुभएको स्मल हेभनका शिक्षक शोकमा परेका हुन्।
सिङ्गो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन्। भाई गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उन भक्कानिए। “पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाई केही नभनी गयो ।” घरमा आएकाहसरूँग उनले भक्कानिँदै पीडा पोखे।
Read full story at source (ratopati.com)