इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
barnanmedia.com · Sun Aug 02 14:03:13 GMT 2026

आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत कम्तीमा पाँच जनाको मृत्यु भएको छ । डुङ्गामा आगलागीपछि आत्तिएर यात्रु समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन् ।
क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले दिउँसोको अपडेटमा पछिल्लो तथ्याङ्क दिँदै भनेको छ, “जहाजमा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना वेपत्ता भएका र २२५ जनालाई उद्धार गरिएको छ ।” इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार डुङ्गामा आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए र नजिकैको जहाजले उनीहरूलाई समूद्रबाट उद्धार गरेको थियो ।
Read full story at source (barnanmedia.com)