न्युजिल्याण्डमा भूकम्प : ५.९ म्याग्निच्युडको धक्का, ५ हजार बढी स्थानमा महसुस
nagariknews.nagariknetwork.com · Sun Aug 02 13:58:11 GMT 2026

न्युजिल्याण्डको नर्थ आइल्याण्डस्थित पूर्वी तटमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
यो भूकम्पसँगै न्युजिल्याण्डमा एकै हप्तामा लगातार तीनवटा ठूला धक्काहरू महसुस गरिएका छन्, जसले गर्दा भूगर्भविद्हरूले यसलाई 'हल्लिने सप्ताहान्त' को संज्ञा दिएका छन्। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार यो भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा केन्द्रित थियो। यद्यपि, न्युजिल्याण्डको स्थानीय भूकम्प मापन केन्द्र 'जियोनेट' ले भने यसलाई ५.७ म्याग्निच्युडको उल्लेख गर्दै भूकम्पको केन्द्र ते अरारोआभन्दा १० किलोमिटर दक्षिण-पश्चिममा ३९ किलोमिटर गहिराइमा रहेको जनाएको छ। मुख्य धक्का लगत्तै सोही क्षेत्रमा ३ म्याग्निच्युडको परकम्प समेत रेकर्ड गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)