आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा
ratopati.com · Sun Aug 02 14:46:28 GMT 2026

झापा। झापाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटाेहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।
‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आइतबार सार्वजनिक गरेको हो।
Read full story at source (ratopati.com)