स्पेनको सेउता छिर्ने प्रयासमा मोरक्केली फुटबलरको गयो ज्यान
ratopati.com · Sun Aug 02 15:14:35 GMT 2026

मोरक्कोकी युवा महिला फुटबलर फातेन बेन अमर अल अजिजीको सेउता पुग्ने प्रयासका क्रममा समुद्रमा डुबेर मृत्यु भएपछि उनको अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका छन् । २० वर्षीया अजिजीले मोरक्कोको उत्तरी तटीय सहर फ्निदेकबाट स्पेनको उत्तरी अफ्रिकी भूभाग सेउता पुग्न समुद्री बाटो प्रयोग गर्ने क्रममा ज्यान गुमाएकी हुन् ।
अजिजी मोरक्कोको महिला फुटबलमा उदीयमान खेलाडीका रूपमा परिचित थिइन् । उनी मघरेब एथलेटिक तेतुआनको महिला टोलीसँग आबद्ध थिइन् । उनको मृत्युको खबरपछि सहकर्मी, प्रशिक्षक, खेलकुदकर्मी तथा स्थानीय समुदायले शोक व्यक्त गरेका छन् ।
Read full story at source (ratopati.com)