दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
ratopati.com · Sun Aug 02 15:30:30 GMT 2026

दाङ । दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । उक्त औषधिको अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही), लमही अस्पताल (गढवा) स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन् ।
Read full story at source (ratopati.com)