ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटनाग्रस्त
annapurnapost.com · Sun Aug 02 15:53:22 GMT 2026

काठमाडौं : ग्रीसको राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। उक्त घटनाको पुष्टि ग्रीक फायर सर्भिसले गरेको छ।
अधिकारीहरूका अनुसार दुर्घटना अटिका क्षेत्रको पसाथा आसपास भएको हो। दुवै हेलिकोप्टर फायर डिपार्टमेन्टले लिजमा लिएका थिए। प्रत्येक हेलिकोप्टरमा दुई-दुई जना चालक दलका सदस्य सवार थिए।
Read full story at source (annapurnapost.com)