आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा
baahrakhari.com · Sun Aug 02 15:57:46 GMT 2026

भद्रपुर (झापा) । झापाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटारूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
‘आवश्यक कागजातबिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आज सार्वजनिक गरेको हो ।
Read full story at source (baahrakhari.com)