अवैध कपडासहित अटो बरामद
ratopati.com · Sun Aug 02 16:03:40 GMT 2026

भद्रपुर । दमक नगरपालिका-८ बाट प्रहरीले अवैध रूपमा ल्याइएका कपडासहित मे१ह ७४०१ नम्बरको अटो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार अटोबाट करिब रु एक लाख ५० हजार बराबरका कपडा तथा साडी बरामद गरिएको हो ।
अटोसहित बरामद सामग्रीको कुल मूल्य करिब रु चार लाख रहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै उहाँले फरार चालकको खोजी जारी रहेको बताए ।
Read full story at source (ratopati.com)