एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो
lokaantar.com

चितवन । भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका उनीहरूको निधनपछि आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो।
विभाग प्रमुख सन्देश वाग्लेका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका भरतपुर महानगरका बासिन्दाको शव निःशुल्क नेपाल ल्याइएको हो। शव कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट ल्याइएको हो। उनीहरूको मृत्यु हृदयाघात, आत्महत्या, दुर्घटनालगायत विभिन्न कारणले भएको थियो।
Read full story at source (lokaantar.com)