नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धिका कारण इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य २०८३ साउन १८ गते बिहान ००ः०१ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएर १७१ रुपैयाँ ५० पैसा कायम गरिएको छ। दोस्रो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।
Read full story at source (aarthiknews.com)