रसुवा बाढीपछि सुरक्षित बस्तीको प्रश्न
nepalnews.com · Thu Aug 27 14:15:24 GMT 2026

हिजो जुन घटना भयो, त्यो कहिल्यै नसुनेको, नदेखेको र आजसम्म हामीले कल्पना नगरेको स्तरको क्षति गर्ने बाढी थियो। त्यो पनि एकदमै छोटो समयमा आयो। कसैले तयारी गर्ने, केही सोच्ने समय नै पाएन।
नेपालमा अहिलेसम्म आएका ठुला बाढीमध्ये यो पनि एक हो। २०११ सालको बाढीबारे मैले अलिकति जानकारी खोज्ने प्रयास गरेको थिएँ। अहिलेसम्म त्यसलाई ठुलो मानिएको थियो। त्योभन्दा अघि २००६ सालको बाढीलाई ठुलो भनिन्थ्यो। २०११ सालको बाढीपछि नेपालको भूगोल नै परिवर्तन भएको थियो। बस्तीहरू हटेका थिए। सिन्धुली, रामेछाप, धादिङसम्म बढी क्षति भएको थियो।
Read full story at source (nepalnews.com)