भोटेकोशी बाढीमा तेह्रथुम र धनकुटाका दुई व्यक्ति सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 14:16:26 GMT 2026

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तेह्रथुमका र धनकुटाका दुईजना सम्पर्कविहीन भएका छन् । पारिवारिका स्रोतका अनुसार बुधबार बिहानदेखि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा तेह्रथुमको छथर गाउँपालिका–१, स्थित आङ्दिम कोराङ घर भएका करिब ३६ वर्षीय रामभक्त नेवार रहनुभएको छ । भाउजू कुमारी नेवारका अनुसार भाई ट्रक चालक रहनुभएको र बुधबार बिहान करिब ६ बजे घरमा फोन गरी रसुवा नाकामा सामान लोड गर्न आएको बताउनुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)