गृहमन्त्रीको कडा निर्देशन— "मेरो गाडीको कालो सिसा पनि तत्काल हटाउनुस्"
barnanmedia.com · Mon Jun 29 09:27:40 GMT 2026

काठमाडौँ । सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाडीको सिसा पनि हटाउन भनेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गुरुङले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’
Read full story at source (barnanmedia.com)