उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो ः सभामुख अर्याल
barnanmedia.com · Mon Jun 29 09:55:36 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले कम्प्युटर सहायता प्राप्त लेखापरीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा यस कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
Read full story at source (barnanmedia.com)