राष्ट्रिय सभा बैठक आज बस्दै
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने तय भएको छ।
Read full story at source (hamrakura.com)