दोस्रो सुरुङमार्गको काम धमाधम
annapurnapost.com · Mon Aug 03 00:51:54 GMT 2026

बुटवल : बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको मुलुकको दोस्रो सिद्धबाबा सुरुङमार्ग सम्झौता अगावै पूरा हुने तयारीमा छ। ६९ प्रतिशत भौतिक प्रगति गरेको सुरुङमार्ग निर्माणको अन्तिम म्याद चैत मसान्तसम्म छ। निर्माणस्थलमा चौबिसै घण्टा काम भइरहेको छ। नागढुंगापछिको यो दोस्रो सडक सुरुङमार्ग हो।
बुटवल–पाल्पा सडक खण्डलाई बर्खाको समयमा धेरैले मृत्युमार्गको रूपमा हेर्ने गरेका छन्। यात्रुहरूले बर्सेनि यही सडकमा ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्माण पूरा गर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि दसैं–तिहारलगत्तै सुरुङमार्ग निर्माणको काम पूरा हुने योजना कार्यालयले जनाएको छ। तर, सुरुङमार्ग निर्माणस्थलको क्षेत्रमा अत्यावश्यक सवारीसाधन सञ्चालन गर्नै नमिल्ने गरी सडक अवरुद्ध भएमा सुरुङबाट बाइपास गर्न सकिने योजना कार्यालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)