बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा सवारी आवागमन बन्द
nepalnews.com · Mon Aug 03 01:07:14 GMT 2026
गण्डकी। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ देखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।
Read full story at source (nepalnews.com)